विमानस्थलबाट सुन र हिरासहित २ भारतीय पक्राउ, पछिल्लो ६ दिनमा मात्रै ५ किलो सुन बरामद
- पुस २०, २०७६
- 0
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार पनि आधा किलो सुन र २ सय ग्राम हिरासहित २ भारतीय नागरिक पक्राउ परेका छन । विमानस्थलबाट पछिल्लो ६ दिनमा मात्रै ५ किलो सुन बरामद भैसकेको छ ।
युएईको सारजाबाट काठमाडौँ आउँदै गरेका भारतीय नागरिक कोताकुथ किजजाकेथिल नौसादको साथबाट आधा किलो सुन समातेको प्रहरीले जनाएको छ । नौसादले क्याप्सुल बनाएर उक्त परिणामको सुन ल्याएका थिए ।
यस्तै मलेसियाबाट नेपाल आएका भारतीय नागरिक मोहम्मद म्यादिन स्थलीको साथबाट २०० ग्राम हिरा बरामत भएको पनि प्रहरीले जनाएको छ । भन्सार क्षेत्र कटिसकेका उनीमाथि शंका लागेपछि काठमाडौं मेडिकल कलेजमा लगेर जचाउँदा २ सय ग्राम हिरा पेटमा राखेर ल्याएको भेटिएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित शीर्षकहरु
0 प्रतिक्रिया
ताजा अपडेट
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







