अस्पतालको शय्याबाटै प्रधानमन्त्री ओलीको भिडियो सन्देश– ‘मेरो स्वास्थ्य राम्रो हुदै गएको छ’
- मंसिर १६, २०७६
- 0
एपेन्डिसाइटिसको शल्यक्रियापछि मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको आइसियुमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो एक भिडियो सन्देश दिदै आफ्नो स्वास्थ्य राम्रो हुदै गएको जानकारी दिएका छन ।
उनले उक्त सन्देशमार्फत आफु मेजर अप्रेसनपछि पनि अहिले उठेर हिडन सक्ने तथा साथीहरुसँग कुरा गर्न सक्ने अवस्थामा पुगेको बताउदै आफ्नो स्वास्थ्य राम्रो हुदै गएको जानकारी दिएका छन ।
प्रधानमन्त्री ओलीले आइतबार सम्पन्न १३औं सागको उद्घाटन समारोह आफूले पूरै हेरेको बताउदै मैत्रीपूर्ण खेलबाट देशको इज्जत अगाडि बढाउन र क्षेत्रीय मित्रता अगाडि बढाउन नेपाली खेलाडीहरु र सार्क क्षेत्रका खेलाडीहरुलाई आग्रहसमेत गरेका छन् ।
हेर्नुहोस भिडियो
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







