बंगलादेशका राष्ट्रपति हमिद काठमाडौंमा, त्रिभुवन विमानस्थलमा राष्ट्रपति भण्डारीद्वारा स्वागत
- कार्तिक २६, २०७६
- 0
बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपालको चार दिने औपचारिक भ्रमणका लागि काठमाडौं आइपुगेका छन् ।
राष्ट्रपति हमिदलाई समकक्षी विद्यादवी भण्डारीले त्रिभुवन विमानस्थलमा स्वागत गर्नु भएको छ ।
राष्ट्रपति हमादलाई स्वागत गर्न उपराष्ट्रपति नन्द बहादुर पुन, प्रधानमन्त्री केपी शमार् आली, राष्ट्रियसभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना पनि विमानस्थलमा पुग्नुभयो ।
तीन दशकपछि यो स्तरको द्विपक्षीय भ्रमण हुन लागेको हो । सार्क स्थापना र नेपालले आयोजना गरेको सन् १९८७ को तेस्रो शिखर सम्मेलनमा पनि यस्तै भ्रमण भएको थियो ।
विमानस्थलमा सेनाको एक टुकडीले राष्ट्रपति हमादलाई सम्मान गारत अर्पण गरेको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







