गोरक्ष निखिल विद्याश्रमको तिज विशेष कार्यक्रम सम्पन्न
- भदौ १२, २०७६
- 0
आध्यात्मिक वातावरणमा गुणस्तरीय तथा आधुनिक शिक्षा प्रदान गरिरहेको काठमाडौको बसुन्धरामा रहेको गोरक्ष निखिल ज्योति दिव्य विद्याश्रमले नेपाली नारीहरुको महान पर्व हरितालिका तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
विद्याश्रमको प्रांगनमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिका रुपमा काठमाडौ महानगरपालिकाकी शिक्षा प्रमुख निर्मला केसी तथा विशेष अतिथिकारुपमा उपसचिव दिपेश्वर थापा तथा सिद्धाश्रम शक्ति केन्द्रका संयोजक रामजी अर्याल तथा विन्देश्वरी बरालको सहभागिता रहेको थियो ।

सो तिज विशेष कार्यक्रममा विद्याश्रमका छात्रछात्राहरुले उपस्थित शिक्षकशिक्षीका, अविभावकहरु तथा स्थानीयहरुमाझ नेपाली संस्कृति र सभ्यतालाई झल्कने विभिन्न प्रस्तुतीद्धारा मनोरञ्जन प्रदान गरेका थिए ।

नेपालकै पहिलो र एक मात्र मुनाफारहित गोरक्ष निखिल ज्योति विद्याश्रमले गुणस्तरीय, आधुनिक तथा विश्वव्यापी प्रतिष्पर्धात्मक शिक्षाका साथै अध्यात्म, चरित्र निर्माण, व्यक्तित्व विकास, संगीत, कला, ध्यान, खेलकुद, अतिरिक्त क्रियाकलापलगायतको ज्ञान प्रदान गर्दै आइरहेको छ ।

सिद्धाश्रम शक्ति केन्द्र अन्तर्गत संचालित यस विद्याश्रमले हरेक वर्ष एसईईमा उत्कृष्ट नतिजा ल्याउनुका साथै धेरै संख्याका प्रतिष्ठित व्यक्तित्वहरु उत्पादन गरिसकेको छ । नेपाली र अंग्रेजी दुवै माध्यममा पठनपाठन हुने यस विद्याश्रमले पूर्ण आवासीय देखि लिएर दिवा आवासीय तथा यातायातको व्यवस्था पनि गरेको छ ।











