‘भिडियो कन्फ्रेन्स’ क्याबिनेट बसेको होइन, हाइ/हेल्लो मात्रै हो : सञ्चारमन्त्री बाँस्कोटा

news-details

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीसंग भिडियो कन्फ्रेन्स मात्रै गरिएको तर क्याबिनेट बैठक नबसेको स्पष्ट पारेका छन्।

प्रतिनिधिसभाको विहिबारको बैठकमा सार्वजनिक महत्वको विषयमा समय मागेर बोल्दै मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीले मन्त्रीपरिषद्का सदस्यहरुसंग गरेको भिडियो कन्फ्रेन्समा ‘हाइ हेल्लो’ मात्रै गरिएको बताए । तर, मन्त्रीपरिषद्को बैठक नै चाहि नबसेको स्पष्ट पारेका हुन् । उनले हुँदै नभएको विषयलाई अनावश्यक उचालेर मुलुकको सार्वभौम सत्तामाथि नै सरकारले गडबडी नै गरेको छ कि भन्ने रुपमा भ्रम फैलाउने काम भएको भन्दै असन्तुष्टि जनाए।

उनले भने, ‘त्यो कानूनी छ किनभने मन्त्रीपरिषद्ले कार्यसम्पादन सम्बन्धी विषयमा भिडियो कन्फ्रेन्स गर्न पाउने कुरालाई स्वीकृत गरेको छ । तर, हामीले क्याबिनेट बैठक भनेर भनेका पनि छैनौ एजेण्डा पनि त्यहा कुनै थिएन र पास गरिएन । हामी अरु कुराहरुमा पनि यसलाई पहिलो प्रयास हो,अभ्यास हो ,, हामी टेक्नोलोजीमा गर्न सक्छौं भन्ने प्रमाणित भयो भनेका छौ।’

प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले हेलो हाई भन्नका लागि मात्रै भिडियो कन्फ्रेन्स गरिएको हो भने कार्यसम्पादन नियमावलि किन संसोधन गरियो भनी प्रश्न गरेका थिए।

जवाफमा मन्त्री बाँस्कोटाले भविश्यमा गर्नुपर्यो भने गर्न सकिन्छ भनेर कार्यसम्पादन नियमावलि संसोधन गरिएकाले आवश्यक परे भिडियो कन्फ्रेन्स मार्फत क्याबिनेट पनि बस्न सक्ने बताए। विदेशमा जहाजबाट नै मन्त्रीपरिषद्का बैठक हुने गरेको भन्दै भिडियो कन्फ्रेन्सलाई सूचना चुहियो र गोपनियता भंग भयो भनेर भन्न नमिल्ने तर्क उनले गरे।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया