रबि लामिछानेसहित तीनै जनालाई घरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतको आदेश

news-details

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका संचारकर्मी रबि लामिछानेसहित तीनै जनालाई धरौटीमा रिहा गर्न चितवन जिल्ला अदालतले आदेश दिएको छ ।

जिल्ला अदालतका न्यायधीश हेमन्तप्रकाश रावलको इजलासले सोमबार साझ लामिछानेलाई ५ लाख, सञ्चारकर्मी युवराज कँडेललाई ३ लाख र नर्स अस्मिता भनिने रुकु कार्कीलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

अब उनीहरु तीनैजनाले बाहिरै बसेर मुद्धाको सामना गर्न पाउने भएका छन । आत्महत्या गर्नुअघि पुडाशैनीले रेकर्ड गरेको भिडियोका आधारमा प्रहरीले पक्राउ गरी लामिछानेसहित तीनै जनालाई १० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरेको थियो ।

अनुसन्धानपछि प्रहरीले हिजो आइतबार जिल्ला सरकारी वकिलको कार्यालयलाई अनुसन्धानको प्रतिवेदन बुझाएसँगै आत्महत्याको दुरुत्साहनको अभियोगमा लामिछानेसहित तिनैजनालाई ५ वर्ष कैद र ५० हजार जरिवानाको मागदावीसहित मुद्धा दायर भएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया