मिर्गौलाको थप उपचारका लागि प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर प्रस्थान

news-details

प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि बिहीबार दिउँसो सिंगापुर प्रस्थान गरेका छन् । थाई एयरवेजको जहाजमार्फत् प्रम ओली दिउँसो साढे १ बजे सिंगापुतर्फ उडेका हुन्। सिंगापुरमा स्वास्थ्य परीक्षणपछि प्रधानमन्त्री ओली यही भदौ २० गते स्वदेश फर्किने कार्यक्रम छ ।

ओलीसँगै पत्नी राधिका शाक्य पनि सिंगापुरतर्फ लागेकी छन् । ओली यसअघि उपचार गरी फर्किएको १० दिनमै त्यसतर्फ लागेका हुन् । प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा दिव्या सिंहका अनुसार अघिल्लो पटकको स्वास्थ्य परीक्षणमा प्रधानमन्त्री ओलीको शरीरमा मृगौला सम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिएपछि त्यसको थप उपचारका लागि उहाँ फेरि त्यसतर्फ जान लाग्नु भएको हो ।

गत साउन १८ देखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पतालमा ओलीको स्वास्थ्य परीक्षण गरिएको थियो ।

डा सिंहले जारी गरेको विज्ञप्तीमा सिंगापुरमा रहँदा न्यासनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञहरुको टोलीले उहाँको मिर्गौलाको थप परीक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार गर्ने जनाइएको छ ।

प्रम ओलीको बिदाइमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, संविधानसभाका अध्यक्ष तथा नेकपाका उपनेता सुवास नेम्वाङ र गृहमन्त्री रामबहादुर थापा बादलसहितका सरकारका उच्च पदस्थ अधिकारीहरु विमानस्थलमा पुगेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया