भैंसेपाटीको प्रहरी हिरासतबाट ३ थुनुवा फरार
- असार २४, २०७६
- 0
महानगरीय प्रहरी प्रभाग भैंसेपाटीको हिरासतबाट तीन थुनुवा फरार भएका छन् ।
फरार हुनेमा शमसेर माझी, रुद्रलाल श्रेष्ठ र रविकुमार तिमल्सिना छन् । उनीहरु गएराति हिरासतको ग्रिल उप्काएर फरार भएका हुन् ।
महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रवीन्द्र धानुकले थुनुवा फरार भएको पुष्टि गर्दै छानबिन गर्न टोली गठन गरिएको बताए। फरार थुनुवाहरु चोरी र लागुऔषध मुद्दामा पक्राउ परेका व्यक्ति भएको प्रहरीले जनाएको छ ।
भैंसेपाटी प्रभागको नेतृत्व प्रहरी निरीक्षक किरण मल्लले सम्हालेका छन् । अहिले फरार अभियुक्तहरुको खोजि भैरहेको प्रहरीले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







