अछाममा ट्रयाक्टर दुर्घटना हुदा ३ विद्यार्थीको मृत्यु, ४ घाइते
- असार ११, २०७६
- 0
अछाममा ट्रयाक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको र चार जना घाइते भएको अछाम प्रहरीले जनाएको छ ।
अछामको चौरपाटी गाउँपालिका २ मूलीगाउँमा बुधबार बिहान से १ त ७८३९ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा तीन विद्यार्थीको मृत्यु भएको हो । चौरपाटी गाउँपालिका २ का दशपल्ले माविबाट यो वर्ष एसईई परीक्षा दिएका रमेश साउद, कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउद र कक्षा ८ मा अध्ययनरत काली साउदको मृत्यु भएको शिक्षक लोकबहादुर बोगटीले जानकारी दिए ।
ट्रयाक्टर चालकले भने हाम फालेर ज्यान जोगाएका छन् । बालुवा लिन सेती नदीतर्फ गइरहेको ट्रयाक्टर सडकको ढुगामा ठोक्किएर पल्टिएको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







