कर्णालीमा जीप खस्यो, एक दर्जन यात्रु वेपत्ता भएको अनुमान
- असार ३, २०७६
- 0
हुम्लाको खार्पुनाथ–५ कैलेबालु सडकबाट मंगलबार कर्णालीमा एउटा जीप खसेर वेपत्ता भएको छ । याञ्चुतर्फ जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप खसेको प्रहरीले जनाएको छ ।
जीपमा कति यात्रु थिए भन्ने यकिन नभएपनि सर्वसाधारणले भने एक दर्जन बढी सवार रहेको बताएका छन् । उनीहरु सबैको अवस्था अहिलेसम्म अज्ञात नै छ ।
उद्धारका तथा खोजीका लागि हेलिकोप्टरबाट घटनास्थलतर्फ उद्धारकर्मी तथा सुरक्षाकर्मी पठाइएको प्रहरी कार्यालय हुम्लाका निमित्त प्रमुख राजेन्द्रबहादुर सिंहले जानकारी दिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







