अन्तत : संचालनमा आयो तातोपानी नाका, स्थानीय तथा व्यापारी–व्यवसायीहरुमा खुसीयाली

news-details

छिमेकी मुलुक चीनसँगको प्रमुख व्यापारीक नाका सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएको झण्डै ४ वर्षपछि संचालनमा आएको छ । गत २०७२ बैशाख १२ गतेको भूकम्पपछि बन्द रहेको तातोपानी नाका दुवै देशका अधिकारीहरुको उपस्थितीमा आज बुधबारबाट औपचारिक संचालनमा ल्याइएको हो ।

उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव, सिन्धुपाल्चोक जिल्लाबाट निर्वाचित संघीय सांसद अग्नी सापकोटा र शेरबहादुर तामाङ, उद्योग मन्त्रालयका अधिकारी तथा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलगायतका अधिकारीको सहभागितामा नाका खुल्ला भएको औपचारिक घोषणा गरिएको हो ।

सो अवसरमा मंगलबार नै खासा पठाइएको ४ वटा कन्टेनरलाई रेड कार्पेट विच्छयाएर नेपाल भित्राइएको थियो । नाका खुलेपछि स्थानीय तथा व्यापारी व्यवसायीहरु खुसी देखिएका छन् ।

बन्द हुनुअघिसम्म सो नाकाबाट वार्षिक रु २० अर्बको आयात र रु तीन अर्ब बढीको निर्यात हुने गथ्र्यो । पहिलेकै तुलनामा उक्त नाकाबाट कारोवार हुने सरोकारवालाहरुको विश्वास छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया