अमेरिकी डाइभर्सिटी भिसा (डीभी)को नतिजा सार्वजनीक

news-details

काठमाडौं । अमेरिकाले ‘लक्की ड्र’ मार्फत लाने गरेको अमेरिकी डाइभर्सिटी भिसा ‘डीभी’को नतिजा सार्वजनीक भएको छ । अमेरिकी दुतावासले २०२० को लागि ‘डीभी’ भरेकाहरुको नतिजा सार्वजनीक गरेको हो ।

नेपाली समय अनुसार मंगलबार राति १० बजे नतिजा सार्वजनीक गरिएको हो । यो पटक ‘डीभी’ विजेता भनेर कुनै इमेल नआउने र भिसा अन्तर्वार्ताका लागि अग्रिम शुल्क पनि नलिईने दुतावासले जनाएको छ ।

गएको असोज १७ गतेबाट कात्तिक २० सम्म सन् २०२० का लागि ‘डीभी’ मार्फत अमेरिका जान चाहने नेपालीका लागि आवेदन भर्न मिति तोकेको थियो । हाल ‘डीभी’ मार्फत गएका हजारौं नेपाली अमेरिकामा कार्यरत छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया