संसदमा नीति तथा कार्यक्रम माथिको छलफल जारी, प्रधानमन्त्रीको जवाफपछि आजै पारित गर्ने तयारी
- बैशाख २४, २०७६
- 0
आगामी आर्थिक वर्ष ०७६–७७ को नीति तथा कार्याक्रम मंगलबार संसदबाट पारित गर्ने तयारी भएको छ ।
सरकारको तर्फबाट शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यत्रममा आइतबारदेखि संसदमा छलफल हुँदै आएको छ ।
मंगलबार बिहान ११ बजे बस्ने संसदको बैठकमा बोल्न बाँकी केही सांसदले आफ्ना विचार प्रस्तुत गर्नेछन् ।
नीति तथा कार्यक्रमका सम्बन्धमा उठेका प्रश्नको प्रधानमन्त्री केपी ओलीले जवाफ दिने कार्यक्रम छ । प्रधानमन्त्रीले जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित गर्ने तयारी रहेको संसद सचिवालयले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







