रातो मच्छिन्द्रनाथको रथयात्रा आजबाट सुरु हुँदै
- बैशाख २२, २०७६
- 0
रातो मच्छिन्द्रनाथको रथयात्रा आज आइतबारबाट सुरु हुँदैछ । आज अपराह्न ललितपुरको टंगालबाट रथायात्रा सुरु गरिने भएको हो । रातो मच्छिन्द्रनाथलाई टंगालबाट बाजासहित पुल्चोक लगिनेछ । त्यसपछि विधिपूर्वक पूजा गरी रथारोहण गरेपछि रथयात्रा सुरु हुनेछ ।
मच्छिन्द्रनाथको रथलाई लिन मीननाथको रथ पुल्चोक पुगेपछि मच्छिन्द्रनाथ र मिननाथको दुवै रथ तान्न सुरु गरिन्छ । रातो मच्छिन्द्रनाथको रथमा नौवटा खट हुन्छन् भने मीननाथको रथमा १० वटा खट हुन्छन् । गाबहालसम्म मच्छिन्द्रनाथको रथको अघिअघि मीननाथको रथ तानिन्छ ।
यही वैशाख २५ गते स्थानीयले रथलाई पुल्चोकबाट तानेन गाबहाल र्पुयाउनेछन् । गाबहाल पुगेपछि मच्छिन्द्रनाथको रथलाई अगाडि राखेर नगर परिक्रमा गराउने परम्परा छ । रथलाई जेठको तेस्रो हप्तासम्ममा जावलाखेल पु¥याउने गुठी सस्थानले जनाएको छ । रथ जावलाखेल पुगेको चौथो दिन भोटो देखाएर यात्रा समापन गरिन्छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







