प्यासिफिक हस्पिटालिटीले सुरु ग¥यो अर्गानिक कृषि मेला

समृद्ध मुलुकका लागि कृषिको बिकल्प नभएको एनआरएनहरुको ठहर
news-details

राजधानीको मैतिदेविमा रहेको प्यासिफिक हस्पिटालिटी एण्ड कुलिनरी एकेडेमीले आफ्नो प्रांगनमा अर्गानिक कृषि मेला सुरु गरेको छ । अबदेखि हरेक शनिबार लाग्ने मेलाको एक समारोहकाबीच गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले औपचारिक उदघाटन गरेका हुन ।

राजधानी काठमाडौका कृषकहरुद्धारा उत्पादित अर्गानिक उत्पादनहरुलाई सिधै ग्राहकहरुमाझ पु¥याउने उद्देश्यसहित एनआरएनए अष्ट्रेलियाका पूर्वअध्यक्ष गणेश केसीको संयोजकत्वमा मेला सुरु गरिएको हो । मेलाको अवलोकन गर्दै अध्यक्ष भट्टले कृषि प्रदान देश भएर पनि अझै यस क्षेत्रलाई महत्व नदिइएको भन्दै अब संघले यसका लागि तत्परता देखाउने बताए ।

एनआरएनए कृषि प्रबद्र्धन समितिका संयोजक युवराज गुरुङले देश बिकासको सबैभन्दा ठुलो आधार कृषि क्षेत्र भएकाले यसको विकासका लागि संघले प्रदेश नं. ३ सरकारसँग सम्झौता नै गरेर अघि बढेको बताए ।

कार्यक्रममा प्यासिफिक हस्पिटालिटीका अन्तर्राष्ट्रिय निर्देशकसमेत रहेका गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका पूर्वअध्यक्ष अध्यक्ष गणेश केसीले कृषकको हकहित र आफ्ना कलेजका बिधार्थीहरुलाई पनि अर्गानिक खानाका बारेमा जानकारी होस् भन्ने उद्देश्ले यो कृषि मेलाको आयोजना गरिएको बताए ।

यस्ता अर्गानिक उत्पादनलाई अझ प्रोत्साहित गर्नुपर्ने भन्दै केसीले स्थानिय सर्बसाधारण तथा एनआरएनहरुलाई हरेक शनिबार लाग्ने मेला अवलोकनका लागि आग्रह पनि गरे । उनले भने –‘फार्म टु टेबल भएकाले सिधै कृषक तथा ग्राहकलाई फाइदा त पुग्छ नै सुपथ मुल्यमा अर्गानिक खानेकुरा उपलब्ध हुदा स्वास्थ्यलाईसमेत प्रत्यक्ष फाइदा पुग्नेछ ।’

मेलामा गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष खगेन्द्र न्यौपाने, आइसीसी सदस्य मनोज गोखार्लीलगायत स्थानीय सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया