मेस्सीको गोलसँगै बार्सिलोनाले चुम्यो ला लिगाको उपाधि
- दिवश निरौला/रोजगारमञ्च
- बैशाख १५, २०७६
- 0
शनिबार राती भएको ला लिगा खेल अन्तर्गत बार्सिलोनाले लेभान्टेलाई पराजित गरी स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ ।
आफ्नै घरेलु मैदानमा भएको खेलमा लेभान्टेलाई १–० गोलको संघर्षपूर्ण जित हासिल गरेको थियो । यस सँगै बार्सिलोनाले २६ औं पटक स्पेनिस ला लिगा फुटबलको उपाधि जितेको छ । बार्सिलोनाले तीन खेल अघि नै यो उपाधि रक्षा गर्न सफल भएको हो ।
बार्सिलोनाको जितमा कप्तान लियोनल मेस्सी नायक बने । खेलको दोस्रो हाफमा मैदान प्रवेश गरका मेसीकै गोलमा बार्सिलोनाले लेभान्टे विरुद्ध अग्रता लिएको थियो । बार्सिलोनाका लागि खेलको ६२औं मिनेटमा कप्तान मेस्सीले गोल गरे । पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको बार्सिलोनाले दोस्रो हाफमा भने गोल गर्न सफल भएको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







