अझै पनि देशभरको मौसममा सुधार आउन सकेन : चट्याङ, हावाहुरीसहित हल्का वर्षाको सम्भावना
- बैशाख ८, २०७६
- 0
आज दिउँसो देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षा हुने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज रातिपनि देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार भोलि दिउँसो पनि देशभरी आंशिकदेखि सामान्य बदली रहने तथा पूर्वी र मध्य भूभागका केही स्थानमा तथा पश्चिमी भूभागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै राति देशभरी आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।
आउँदो मंगलबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहने तथा पूर्वी र मध्य भू–भागका केही स्थान तथा पश्चिमी भू–भागका केही स्थानमा मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
यसैगरी मंगलबार राति देशभरि आंशिकदेखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ तथा हावाहुरीसहित हल्का वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाको छ । महाशाखाले जारी गरेको तीन दिने मौसम पूर्वानुमान सम्बन्धी बुलेटिनमा तीनैदिन हावाहुरी र चटयाङको सम्भावना औंल्याइएको छ ।
मौसमविदहरुले धेरै आत्तिनुपर्ने अवस्था नभए पनि सतर्क रहन आह्वान गरेका छन् ।










