गुल्मीमा जीप दुर्घटना, पूर्व सांसद भण्डारीसहित दुईको मृत्यु
- चैत्र २८, २०७५
- 0
गुल्मीको मुसिकोट नगरपालिका १ चिहान डाँडामा भएको जीप दुर्घटनामा पूर्व सांसद रुद्रमणि शर्मा भण्डारीसहित दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परि मृत्यु हुनेमा पूर्व सांसद रुद्रमणि शर्मा भण्डारी र मालिका गाउँपालिका वडा नम्बर १ निवासी ८ वर्षीय ओश्कर विक रहेको प्रहरीले जनाएको हो । भण्डारी २०४८ सालमा गुल्मी -३ मा नेपाली कांग्रेसबाट सांसद निर्वाचित भएका थिए ।
मालिका गाउँपालिकाबाट बुटबलकालागि छुटेको लु १ ज १९५७ नम्बरका जीप चिहान डाँडामा दुर्घटनाग्रस्त भएको थियो । सो दुर्घटनामा परि थप ८ जना घाइते भएका छन् ।
घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल तमघासमा लगीएको प्रहरीले जानकारी दिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







