सर्वोच्च अदालतमा ५ जना न्यायाधीश सिफारिस
- चैत्र १९, २०७५
- 0
सर्वोच्च अदालतमा रिक्त रहेका ५ जना न्यायाधीश सिफारिस भएका छन् । मंगलबार बसेको न्याय परिषदको वैठकले ५ जना न्यायाधीश सिफारिस गरेको हो ।
न्याय परिषदको वैठकले प्रकाश कुमार ढुंगाना, सुस्मालता माथेमा, कुमार रेग्मी, हरि फुयाँल र मनोज कुमार शर्मालाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरेको हो ।
सर्वोच्चको न्यायाधीशमा सिफारिस भएकामध्ये ढुङ्गाना उच्च अदालत पाटनका मुख्य न्यायाधीश हुन भने माथेमा उच्च अदालत सुर्खेतकी मुख्य न्यायाधीश हुन् । सर्वोच्चको न्यायाधीशमा कानून व्यवसायीको तर्फबाट सिफारिस भएका फुयाँल पूर्वमहान्यायाधीवक्ता समेत हुन् ।
न्याय परिषदबाट सिफारिस भएका ५ जना संसदीय सुनुवाई पछि सर्वोच्चको न्यायाधीशमा नियुक्त हुनेछन् । संसदीय सुनुवाईको प्रक्रिया पूरा भएपछि राष्ट्रपतिले सर्वोच्चका न्यायाधीश नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
सम्बन्धित शीर्षकहरु










