मकवानपुर केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गयो
- चैत्र ४, २०७५
- 0
काठमाडौँ । काठमाडौँ लगायत आसपासका क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसूस भएको छ ।
बिहान ९ बजेको आसपास भूकम्पको धक्का महसूस भएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान करिब ९ बजेर २ मिनेटमा भूकम्प गएको हो ।
मकवानपुरको चित्लाङ केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको केन्द्रले जनाएको छ ।
०७२ को गोरखा भूकम्पपछि लामो समयसम्म पराकम्प गएको थियो । सोमबारको भूकम्प भने पराकम्प नभएर नयाँ भूकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







