राहदानी विभागले कार्यालय समय बढायो, अब ९ बजेदेखि ५ बजेसम्म खुल्ला रहने
- चैत्र १, २०७५
- 0
सेवाग्राहीहरुलाई छिटो र चुस्त सेवा दिनका लागि राहदानी विभागले आफ्नो कार्यालय समय १ घण्टा बढाएको छ । सेवाको गुणस्तर र ग्राहकको चापलाई ध्यान दिँदै विभागले १०–५ को कार्यालय समयमा विहान एक घण्टा अगाडि थप गरेको हो ।
विभागका अनुसार चैत्र १ गते शुक्रवारबाट ९ बजे खुलेर ५ बजे बन्द हुने भएको छ,यद्यपी शुक्रबार भने ३ बजेसम्म सेवाप्रवाह हुने विभागका महानिर्देशक रामकाजी खड्काले जानकारी दिए ।
थपिएको समयले सेवाप्रवाहमा सुधार आउने विश्वास महानिर्देशक खड्काले व्यक्त गरे । सरकारले हाल देशभरका जिल्ला प्रशासन कार्यालय, राहदानी विभाग र विदेशस्थित कूटनीतिक नियोगहरुबाट राहदानी वितरण गर्दै आएको छ ।
यसैबीच, विभागले राहदानी प्रयोगमा सजगता अपनाउन पनि अनुरोध गरेको छ । राहदानीको केरमेटलगायतले समस्या आउन सक्ने भन्दै विभागले सचेत गराएको हो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







