वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष गुरुङको घरमा बम विस्फोट
- फाल्गुन २४, २०७५
- 0
नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा बम विस्फोट भएको छ । शुक्रबार साँझ साढे ७ बजेतिर गुरुङको घरमा सो विस्फोट भएको प्रहरीले जनाएको छ ,।
बसुन्धरास्थित घरमा पार्किङ गरिरहेको कार नजिकै ठूलो आवाजसहित शंकास्पद बस्तु विस्फोट हुदा कार पूर्णरुपमा क्षतिग्रस्त बनेको छ भने घटना गुरुङको घरमा भाडा गरी बस्ने मणिराम पौडेल घाइते भएका छन् ।आसपासका घरका सिसा समेत फुटेको छ ।
विस्फोटपछि कारमा आगलागी हुन पुगेको थियो । आगलागी दुई वटा दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको जनाइएको छ ।
प्रहरीको प्रारम्भिक जानकारी अनुसार घरमा पार्किङ गरेर राखिएको कारमा नै शंकास्पद बस्तु विस्फोट भएको थियो । बसुन्धारा क्षेत्रमा विस्फोटको ठूलो आवाज सुनिएको थियो ।
आगलागीबाट गुरुङको घरका साथै आसपासका केही घरमा सामान्य क्षति पुगेको जनाइएको छ ।
महानगरीय प्रहरी बृत्त महाराजगन्जले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







