फेवातालमा प्याराग्लाइडिङ दुर्घटना हुदा रोमानीयाका नागरिकको मृत्यु

news-details

प्याराग्लाइडिङका क्रममा कास्कीको फेवातालमा खसेका प्याराग्लाइडरको मृत्यु भएको छ । रोमानीयाका ४२ वर्षीया एड सिजरको आइतबार मृत्यु भएको हो ।

यसअघि सारङकोटबाट प्याराग्लाइडिङमा उडेका उनी फेवातालमा खसेका थिए । उनको उद्धार गरी प्रहरीले उपचारका लागि अस्पताल लगेको थियो ।

फेवा सिटी अस्पतालमा लगिएका उनको उपचारकै क्रममा मृत्यु भएको हो । हावाको सन्तुलन मिलाउन नसक्दा उनी खसेको प्रहरीले जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया