पर्यटन मन्त्री अधिकारी चढेको हेलिकप्टर ताप्लेजुङको दारेभीरमा दुर्घटनाग्रस्त

news-details

संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारी चढेको एयर डाइनेस्टिको हेलिकप्टर बुधबार दिउँसोबाट सम्पर्कविहीन भएको छ । ताप्लेजुङको पाथिभरा मन्दिरबाट फर्कने क्रममा  सम्पर्कबिहिन रहेको  एयर डाइनेस्टीकाे उक्त हेलिकाेप्टर दुर्घटना भएकाे विमानस्थल कार्यालयले पनि पुष्टि गरेकाे छ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार केही समयअघि गाउँलेले ताप्लेजुङको दारेभीरमा ठूलो आगो लागेको जानकारी दिएपछि प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीसहित प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरेको छ ।

मन्त्री अधिकारी शेर्पासहित तेह्रथुम विमानस्थलको अवलोकन गर्न आज बिहान तेह्रथुमको आठराई पुगेका थिए । त्यसपछि ताप्लेजुङस्थित पाथिभरा मन्दिर दर्शन गर्न उनीहरू त्यहाँ पुगेको प्रहरीले जनाएको छ ।

हेलिकप्टरमा मन्त्री अधिकारीसहित पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन गुरुङ लगायत थिए। हेलिकोप्टर प्रभाकर केसीले उडाएका थिए।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया