सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले दिए राजीनामा
- फाल्गुन ७, २०७५
- 0
सर्वोच्च अदालतका विवादित न्यायाधीश दीपकराज जोशीले आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबरामार्फत उनले मंगलबार राष्ट्रपति समक्ष राजीनामा दिएका हुन् ।
महाअभियोग लाग्ने संकेत पाएपछि उनले राजिनामा दिएको स्रोतको दावी छ । यसअघि जोशी प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिसमा परे पनि संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको थियो । उनको शैक्षिक योग्यतामा प्रश्न उठाइएको थियो । २०६३ को अन्तरिम संविधान जारी भएपछि व्यवस्था गरिएको संसदीय सुनुवाइबाट अस्वीकृत हुने जोशी पहिलो न्यायाधीश हुन् ।
प्रधानन्यायाधीशमा नियुक्तिका लागि अस्वीकृत भएपछि लामो समय घरबिदामा बसेका जोशी ओमप्रकाश मिश्र प्रधानन्यायाधीश नियुक्त भएपछि पुनः सर्वोच्च फर्किएका थिए । तर वर्तमान प्रधानन्यायाधीश चोलेन्द्र समशेरले उनको जिम्मेवारी खोसेपछि र उनी सर्वोच्चमा भूमिकाविहिन थिए । उनलाई केही सांसदहरुले महाअभियोग लगाउने तयारीसमेत गरेका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







