कार्यकक्षमै चड्काए मन्त्री यादवले सचिवलाई…
- पुस २९, २०७५
- 0
प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले आफ्नै कार्यकक्षमा बोलाएर उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्रालयका सचिव विद्यानाथ झालाई झापड हानेका छन ।
गरिबी निवारणका उद्यम कार्यक्रमका लागि आफ्नो मान्छे र एनजीओलाई बजेट नपारेको भन्दै मन्त्री यादबले दुव्र्यवहारसहित झापड हानेको सचिव झाले बताए । ‘आफूले भनेको एनजिओलाई योजना नपारेको भन्दै सभामुखकै अगाडि झापड हान्नुभयो’, सचिव झाले भने ।
यता मन्त्री यादबले भने आफ्नो बचाउ गर्दै सचिव झालाई हातपात नगरेको बरु दुव्र्यवहार गरेपछि प्रहरी बोलाएर जिम्मा लगाएको प्रतिक्रिया दिएका छन् ।
सचिव झालाई प्रहरीले नियन्त्रणमा लिएको छ । थप अप्रीय घटना नहोस् भनेर सचिवलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।
झालाई झापड हानिएपछि कर्मचारीहरुले मन्त्रीको कार्यकक्षमा धर्ना दिएका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







