प्रधानन्यायाधीश जबराले लिए पद तथा गोपनीयताको सपथ
- पुस १८, २०७५
- 0
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले पद तथा गोपनीयताको सपथ लिएका छन् । शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई सपथ खुवाएकी हुन् ।
सपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरालगायत उच्च पदस्थहरु सहभागी थिए । नवनियुक्त प्रधानन्यायाधीश जबराले आजै कार्यभार सम्हाल्ने छन् ।
संसदीय सुनुवाई विशेष समितिले मंगलबार जबराको नाम सर्वसम्मतले अनुमोदन गरेको थियो । उनले संसदीय सुनुवाइ समिति समक्ष आफू प्रधानन्यायाधीशमा नियुक्त भए न्यायालयलाई गौरव गर्न लायक बनाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।
जबरा चार वर्षसम्म प्रधानन्यायाधीश पदमा रहने छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







