प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर राणाको नाम सर्वसम्मतले अनुमोदन
- पुस १७, २०७५
- 0
प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्र शमशेर राणाको नाम मङगलबार बसेको संसदीय सुनुवाई समितिको बैठकले सर्वसम्मत रुपमा स्वीकृत गरेको छ ।
संसदीय सुनुवाई विशेष समितिमा चोलेन्द्र शमशेर राणा विरुद्ध ९ वटा उजुरीहरु परेका थिए । ति उजुरीहरुबारे उनीसँग छलफल गरेपछि समितिले सर्वसम्मत नाम अनुमोदन गरेको हो ।
समितिका सभापति लक्ष्मणलाल कर्णले राणाले न्यायलय सुधार गर्ने प्रतिबद्धता र कार्ययोजना पेश गरेकाले प्रधानन्न्यायाधीशका लागि उनको नाम स्वीकृत गरिएको जनाकारी दिए ।
राणाको नाम समितिबाट स्वीकृत भएलगत्तै उनले सम्भवत आजै राष्ट्रपतिबाट सपथ लिने र पदभार ग्रहण गर्नेछन् । उनी चार वर्षसम्म प्रधानन्यायाधीश पदमा रहने छन् ।
राणाले न्यायाधीश हुँदा गरेका फैसला विवादित रहेकाले उनलाई प्रधानन्यायाधीश बनाउन नहुने मत रहँदै आएको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







