पूर्वमन्त्री विक्रम पाण्डेसहित २१ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- मंसिर २१, २०७५
- 0
पूर्ववनमन्त्री तथा कालिका कन्स्ट्रक्सनका प्रमुख विक्रम पाण्डेसहित २१ जना विरुद्ध भ्रष्ट्राचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्बौको विगो दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
सिक्टा सिँचाइ आयोजनामा गुणस्तरहीन काम गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो । यो आयोजनाको ठेक्का कालिका कन्स्ट्रक्सन र सीटीसीई जेभीले पाएको थियो ।
उनीमाथि अख्तियारले दुई अर्ब १३ करोड ७६ लाख विगो दावी गर्दै मुद्दा दायर गरेको हो । सबै २१ जनाविरुद्ध कुल आठ अर्ब ५९ करोड ८८ लाख ३१ हजार चार सय ३१ रुपैयाँ विगो दावी गर्दै मुद्दा दर्ता गरिएको हो ।

0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







