एसिया प्यासेफिक सम्मेलनका विदेशी पाहुनाहरु काठमाडौं आउने क्रम सुरु

म्यानमारकी नेतृ सुकी र कम्बोडियाका प्रधानमन्त्री सेन काठमाडौं ओर्लिए
news-details

एसिया प्यासेफिक समिट–२०१८ मा सहभागि हुन म्यानमारकी स्टेट काउन्सिलर (परराष्ट्रमन्त्री) आङ साङ सुकी र कम्बोडियाली प्रधानमन्त्री हुन सेन काठमाडौ आइपुगेका छन् ।

उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रक्षा मन्त्री ईश्वर पोखरेलले स्वागत गरेका थिए । काठमाडौंको बौद्धस्थित ह्यात होटलमा १४–१६ मंसिरमा आयोजना हुने एसिया प्यासेफिक समिटमा विभिन्न मुलुकबाट सहभागी आउने क्रम चलिरहेको छ ।

सम्मेलनमा ४५ देशका १५ सय पाहुनाको सहभागिता रहने युपीएफले जनाएको छ । विदेशी पाहुनाहरुको सुरक्षा व्यवस्थालाई मध्यनजर राख्दै मंसिर १३ गतेदेखि मंसिर १६ गतेसम्म काठमाडौं उपत्यकामा चल्ने सवारी साधनहरुमा जोरबिजोर प्रणाली लागु गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया