यसअघि अस्वीकृत भएका दीपकराज जोशी पुनः प्रधानन्यायाधीशका लागि सिफारिस

news-details

न्यायपरिषद्ले भावी प्रधानन्यायाधीशका लागि दीपकराज जोशीसहित २ जनाको नाम संवैधानिक परिषदमा पठाएको छ ।

६ महिनाअघि संसदीय सुनुवाइबाट अस्वीकृत भएका दीपकराज जोशीसहित चोलेन्द्रशम्शेर राणाको नाम प्रधानन्यायाधीशको रोष्टर ९सूची० मा परेका हो । पुस १६ देखि प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अवकास पाउँदैछन् । अवकास पाउनुभन्दा १ महिनाअघि नै संवैधानिक इजलासले भावी प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संविधानमा उल्लेख छ ।

प्रधानन्यायाधीश हुन योग्यता पुगेका सर्वोच्चका दुई न्यायाधीशको अभिलेख अद्यावधिक गरेर केही दिनअघि नै पठाइएको छ । ६ महिनाअघि प्रधानन्यायाधीशका लागि जोशी संसदीय सुनुवाइबाट अस्वीकृत भएका थिए । सर्वोच्च अदालतको न्यायाधीशको रूपमा ३ वर्ष काम गरेको व्यक्ति प्रधानन्यायाधीशका लागि योग्य हुने संविधानमा उल्लेख छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया