प्रधानमन्त्रीले थाले मन्त्रालयहरुको कार्यप्रगति समीक्षा
- रोजगारमञ्च
- मंसिर ५, २०७५
- 0
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयहरूको चौमासिक कार्यप्रगति समीक्षा थालेका छन् । सिंहरदवारस्थित प्रधानमन्त्री कार्यालयमा सुरु भएको छलफलमा प्रधानमन्त्रीसहित प्रधानमन्त्री कार्यालयका कर्मचारी, सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवहरु सहभागी भएकाछन् ।
बुधबार दिउँसो सुरु भएको समीक्षा अन्तर्गत पहिलो चरणमा पूर्वाधारसँग सम्बन्धित मन्त्रालयहरुको समीक्षा भइरहेको छ । सबै मन्त्रालयले आफूले प्रत्येक महिना गर्ने कामको कार्ययोजना प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरेका थिए । त्यो कार्ययोजनाअनुसार के–के काम भयो या भएन, कसरी भयो भन्ने बारे समीक्षा हुनेछ । समीक्षा पछि मन्त्रालयका कामलाई ‘रेटिङ’ गरिने बताइएको छ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







