सुनसरीमा फेरी गोली चल्यो, अज्ञात समूहको गोली प्रहारबाट फिदा हुसेनको मृत्यु

news-details

विराटनगर । सुनसरीको रामनगर भुटाहाका खुर्सीद अन्सारीको गोली हानी हत्या भएको घटना सेलाउन नपाउदै सुनसरीकै दुहबीमा अज्ञात समूहको गोली लागेर स्थानिय बाबा इँटा उद्योगका म्यानेजरको मृत्यु भएको छ । बुधबार बिहान दुहबी नगरपालिका९९ मा रहेको जय बाबा इँटा उद्योगका सुपरभाइजर ५४ वर्षीय फिदा हुसेनको गोली प्रहारबाट हत्या भएको हो ।

मोटरसाइकलमा आएका अज्ञात समूहले मर्निङवाकमा निस्किएका हुसेनमाथि गोली प्रहार गरेको थियो । अज्ञात समूहले हानेको गोली लागी घाइते भएका हुसेनलाई उपचारको लागि नोबेल अस्पताल, विराटनगर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जानएको छ ।

हुसेनमाथि कसले र किन गोली हान्यो भन्ने खुलेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको जनाएको छ । हुसेनको शव अहिले उनकै निवासमा राखिएको छ ।

मृतक हुसेन दुहबी नगरपालिका–९ का वडाध्यक्ष एवं नेपाली काङ्ग्रेस सुनसरी क्षेत्र नं ३ का सभापति मेहदी हुसेनका भाइ हुन् ।

अहिले हुसेनका समर्थकले दुहबी बजार क्षेत्रमा नाराबाजी गर्दै कोशी राजमार्ग तथा दुहबीबजार ठप्प पारेका छन् । घटनाबारे अनुसन्धान भइरहेको सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले बताए । प्रदर्शनकारी उग्र बनेपछि दुहबीमा अहिले ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया