२७ लाख सहित पिपिएलको उपाधि पोखरा पल्टनले उचाल्यो

news-details

नमस्ते पोखरा प्रिमियर लिगको उपाधि स्थानीय क्लब पोखरा पल्टनले जितेको छ। पोखरामा मंगलबार सम्पन्न फाइनल खेलमा शरद भेषवाकरको नेतृत्वमा रहेको पोखराले पारस खड्का कप्तान रहेको चितवन राइनोजलाई तीन विकेटले पराजित गरेको हो।

चितवनले दिएको १६० रनको लक्ष्य पोखराले ७ विकेटको क्षतीमा पूरा गरेको हो। पोखराका लागि रविन्दर सिंहले सर्वाधिक ९० रन बनाए। पोखराका लागि मोहम्मद नावीले २५ र कप्तान शरद भेषवाकरले २२ रन बनाएका थिए। चितवनका लागि भुवन कार्कीले दुई विकेट लिए भने पारस खड्का, सन्नी पटेल र करन केसीले एक(एक विकेट लिएका थिए।

चितवनले १६० रन बनाउने क्रममा कप्तान पारस खड्काले ५१ रन, सन्नी पटेलले ४३ रन र अनिल साहले ३७ रन बनाएका थिए। पोखराका लागि कृष्ण कार्कीले दुई तथा ललित राजवंशी र मोहम्मद नावीले एक(एक विकेट लिएका थिए।

यो जितसँगै पोखराले उपाधिसँगै २७ लाख रुपैयाँ जितेको छ भने उपविजेता बनेको चितवनले १० लाखमा चित्त बुझाएको छ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया