सन २०२० को लागि अमेरिकन डिभीको आवेदन असोज १७ देखि खुल्दै
- अशोज १०, २०७५
- 0
काठमाडौं / अमेरिकन डाइभर्सिटी भिसा (डिभी) असोज १७ देखि खुल्ने भएको छ । डिभी भर्ने अवधि कात्तिक २० सम्मको हुनेछ ।
नेपालस्थित अमेरिकी दूताबासका अनुसार डीभी चिट्ठामा सहभागी हुन शुल्क लाग्दैन । सन् २०२० को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा www.dvlottery.state.gov मा गई आवेदन फारम भर्नु पर्नेछ ।
डिभीको नतिजा ७ मे २०१९ बाट आउन सुरु हुनेछ । अमेरिकी सरकारको आधिकारिक वेबसाइटमा गई रिजल्ट हेर्न सकिनेछ । अनलाइनमार्फत भरिने डिभीको लागि पारिवारिक विवरण सबै खुलाउन भनिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







