सुन तस्करी काण्ड : एसपी खनाललाई पनि छाड्न आदेश
- अशोज २, २०७५
- 0
मोरङ । जिल्ला अदालत, मोरङले एसपी विकासराज खनाललाई छाड्न आदेश दिएको छ । ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएका खनाललाई मंगलबार साधारण तारेखमा छोड्न अदालतले आदेश दिएको हो ।
साढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्याबारे अनुसन्धान गर्न गठित उच्च स्तरीय समितिले साढे ४ वर्षमा मुख्य नाइके चुडामणि उप्रेती ‘गोरे’को नेतृत्वमा झण्डै ३८ क्वीन्टल सुन तस्करी भएको निष्कर्ष निकालेको थियो ।
अनुसन्धानका क्रममा सुन तस्करीको विवरणसहितको रजिष्टरसमेत बरामद गरेको थियो । सोही विवरण अनुसार ४२१ पटक विभिन्न परिणाममा सुन तस्करी भएको खुलासा भएको थियो ।
सोही रजिष्टरको एउटा पन्नामा एसपी खनालले दुई पटक गरेर ५० लाख रुपैयाँ लिएको भेटिएको थियो ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







