सर्वोच्च फर्किएको ३ दिनपछि दीपकराज जोशीले पाए इजलास
- भदौ २८, २०७५
- 0
प्रधानन्यायाधीशमा अस्वीकृत भएर ३९ दिनसम्म बिदा बसेपछि मंगलवार सर्वोच्च अदालत फर्किएका न्यायाधीश दीपकराज जोशीले बिहीवार पेशी पाएका छन् ।
मंगलवार र बुधवार उनका लागि पेशी तोकिएको थिएन । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले दीपकराज जोशीको एकल इजलाशका लागि ३ वटा पेशी तोकेका छन् । जोशीले बिहीवार १ नम्बर इजलाश पाएका छन् । जोशीका लागि तोकिएको इजलाशमा ३ वटा रिट निवेदन छन् ।
गत साउन १८ गतेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले जोशीलाई नेपालको प्रधानन्यायाधीश हुन ‘अयोग्य रहेको’ भन्ने निर्णय गरेपछि जोशी बिदामा बसेका थिए ।
संवैधानिक परिषदको सिफारिसमा संसदीय सुनुवाइ विशेष समितिको सोमवारको बैठकले अनुमोदन गरेपछि ओमप्रकाश मिश्र नेपालको ३८ औं प्रधानन्यायाधीशमा नियुक्त भएका हुन् । मिश्रलाई स्वागत गर्न सर्वोच्च पुगेका जोशी दोस्रो दिन (मंगलवार) देखि नियमित रुपमा सर्वोच्चमा फर्किका थिए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







