बानेश्वरबाट हराएकी १५ वर्षीया किशोरी निक्की वीरगन्जमा फेला
- भदौ १९, २०७५
- 0
काठमाडौं–राजधानीको नयाँ बानेश्वरबाट हराएकी १५ वर्षीया किशोरी निक्की पराजुली भेटिएकी छिन् ।
गत साउन २८ गते हराएकी निक्की वीरगञ्जबाट फेला परको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी रामदत्त जोशीले जानकारी दिए ।
भ्याली भ्यू बोर्डिङ स्कुलमा कक्षा १० मा अध्ययनरत निक्की घरबाट निस्केर नफर्केको भन्दै परिवारले महानगरीय प्रहरी वृत्त गौशलालाई दिएको सूचनाका आधारमा काठमाडौं प्रहरीले देशभर पत्राचार गरेर बालिकाको खोजी गरेको थियो ।
मंगलबार वीरगञ्जमा फेला परेकी पराजुलीलाई काठमाडौं ल्याएर परिवारको जिम्मा लगाइएको एसपी जोशीले बताए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







