पूर्वराजदूत झा बबरमहलस्थित घरभित्रै मृत अवस्थामा भेटिए, हत्या भएको आशंका
- भदौ ४, २०७५
- 0
काठमाडौैं– पूर्व राजदूत केशबराज झा बबरमहलस्थित आफ्नै निवासमा मृत अवस्थामा भेटिएका छन् । उनको हत्या भएको आशंका गरिएको छ ।
घरको कोठामा मृत भेटिएका उनको टाउकोमा छुरा हानिएको जस्तो चोट रहेको प्रहरीले जनाएको छ ।
परराष्ट्र सेवामा ३४ वर्ष बिताएका झाले फ्रान्सका लागि नेपाली राजदूत भएर काम गरेका थिए ।
फरेन्सिक विज्ञहरु बोलाएर घटनाको अनुसन्धान अघि बढाइएको काठमाडौं परिसरका डिएसपी मोहन थापाले बताए ।
घरमा उनी श्रीमतीसँग बस्दै आएका थिए । घरमा काम गर्ने युवक समेत थिए । बेलुका उनी कोठामै एक्लै सुतेका थिए ।
घरबाट सामानहरु पनि केही चोरी भएको खुलेको छैन ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







