सर्वोच्चले रिहा गर्न आदेश दिएलगत्तै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा पुनः पक्राउ
- भदौ १, २०७५
- 0
सर्वोच्च अदालतले रिहा गर्न आदेश गरेसँगै अदालत परिसरबाटै नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा पुनः पक्राउ परेका छन् ।
नरेन्द्रबहादुर सिंह विकले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै सर्वोच्चले रिहा गर्न आदेश दिएसँगै प्रहरीले उनलाई अर्को अभियोगमा पुनः पक्राउ गरेको हो ।
प्रहरी परिसरका डिएसपीका अनुसार काभ्रेमा रहेको टावरमा आगजनी गरेको अभियोगमा पुनः पक्राउ गरिएको हो । न्यायाधीशद्वय चोलेन्द्रशम्शेर राणा र तेजबहादुर केसीको संयुक्त इजलाशले विश्वकर्मालाई रिहा गर्न आदेश दिएको थियो ।
साउन २३ गते महानगरी प्रहरी परिसर काठमाडौंले नेता विश्वकर्मालाई चन्दा लिएको अभियोगमा प्रकाउ गरेको थियो । प्रहरीका अनुसार विश्वकर्माले ७ करोड ५० लाख रुपैयाँ चन्दा संकलन गरेको र उनको खातामा २ करोड रुपैयाँ देखिएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







