प्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाइ सुरु, लाग्ला त आज टुंगो ?

news-details

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको सुनुवाइ सुरु भएको छ ।गत विहीवारदेखि संसदीय सुनुवाइ प्रकृया थालिए पनि अहिलेसम्म प्रस्तावित प्रधानन्यायाधीश जोशीको नाम अनुमोदन गर्ने या नगर्ने भन्ने विषय अन्योलमै छ ।

कांग्रेस र राजपा जोशीका पक्षमा सकरात्मक देखिएका छन् भने सत्ता पक्ष नेकपा शैक्षिक प्रमाणपत्र विवादमा परेको भन्दै अनुमोदन गर्न आनाकानी गरेका छन् ।

प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन गर्ने वा नगर्ने भन्ने विषयमा कानून व्यवसायीहरुबीच नै फरक मत देखिएको छ ।

शैक्षिक प्रमाणपत्र र सार्वजनिक जग्गा निजीकरण गर्नेलगायत विषयमा विवादित बनेका प्रस्तावित प्रधानन्यायाधीश जोशीको नाम समितिबाट अनुमोदन गर्ने वा नगर्ने विषयमा कानून व्यवयायीहरुको मत फरक देखिएको हो ।

बिहान दश बजे बोलाइएको बैठक नेपाली कांग्रेस र संघीय समाजवादी फोरमका सांसद ढिलो गरी उपस्थित भएपछि बैठक अबेर सुरु भएको हो ।

आज अन्तिम निर्णय सुनाउने भनिएपनि अन्योल भने कायमै रहेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया