कक्षा १२ को नतिजा सार्वजनिक, सबै समूहको नतिजा एकैपटक प्रकाशित
- साउन १७, २०७५
- 0
गत २०७५ वैशााख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन गरिएको कक्षा १२ को नियमित तथा आंशिक परीक्षार्थीहरुको परीक्षाफल प्रकाशित गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यसपटक कक्षा १२ का सबै समूहको नतिजा एकैपटक प्रकाशित गरिएको हो ।
परीक्षा बोर्डका अध्यक्ष प्रा डा चन्द्रमणि पौडेलका अनुसार नियमिततर्फ ३.६१ देखि ४ जीपीएसम्म ल्याउने ११ हजार १ सय ६९ जना, ३.२१ देखि ३.६० सम्म जीपीए ल्याउने ११ हजार २ सय २१ जना छन् ।
यस्तै, २.०१ देखि २.८० जीपीए ल्याउने ५८ हजार ३ सय ४५ जना, २.०१ देखि २.४० जीपीए ल्याउने ९० हजार २ सय ९९ जना, १.६१ देखि २ जीपीएसम्म ल्याउने ६६ हजार ४ सय ३८ जना रहेको बोर्डले जनाएको छ ।
यस्तै १.२१ देखि १.६० जीपीए ल्याउने २२ हजार ७ सय ३४ जना र ०.८१ देखि १.२० जीपीए ल्याउने ४ हजार ४ सय ८८ जना र शून्यदेखि ०.८० जीपीए ल्याउने १ सय ९९ जना छन् ।
यसैगरि, आंशिकतर्फ ४१ हजार ३ सय २५ जना उत्तिर्ण भएको बोर्डले जनाएको छ ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







