कानुनमन्त्री तामाङले दिए राजीनामा, पत्रकार सम्मेलनमै झारे आशु

news-details

कानुन मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका छन् । मंगलबार कानुन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै कानुन मन्त्री तामाङले राजीनामा दिएको घोषणा गरेका हुन् ।

मन्त्री तामाङले केही दिन अगाडि बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राबारे विवादस्पद अभिव्यक्ति दिएका थिए । जसको चौतर्फी विरोध भएको थियो। मन्त्री तामाङको उक्त अभिव्यक्तिपछि नेपाल कम्युनिष्ट पार्टीलेसमेत राजीनामा दिन निर्देशन दिएको थियो ।

राजीनामा दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री तामाङले आँशु झार्दै आफू महिलालाई निकै सम्मान गर्ने व्यक्ति भएको बताए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले नै मन्त्री तामाङको अभिव्यक्तिको विरोध गरेका थिए। आफ्नो अभिव्यक्तिको सवत्र विरोध भएपछि मन्त्री तामाङले विज्ञप्ति जारी गर्दै माफी मागेका थिए ।

तर प्रधानमन्त्री केपी शर्मा ओलीसहित नेकपाका शीर्ष नेताहरुले मन्त्री तामाङलाई बोलाएर छलफल गरेका थिए । बहुमतसहितको सरकारले ५ वर्षमा जनमुखी काम गरेर लोकप्रियता कमाउनुपर्ने बेलामा मन्त्रीको अभिव्यक्तिले सरकार नै बदनाम भएको भन्दै उनलाई राजिनामा दिन सुझाब दिइएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया