कानुनमन्त्री शेरबहादुर तामाङले पद गयो, राजीनामा दिन सरकारको निर्देशन
- साउन ८, २०७५
- 0
सरकारले कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिन निर्देशन दिएसँगै मन्त्री तामाङले राजीनामा दिने तयारी गरेका छन् । मन्त्री तामाङले बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे आपत्तिजनक अभिव्यक्ति दिएका थिए जसका कारण उनको सर्बत्र निन्दा गरीएको थियो ।
उनले बंगलादेशमा चिकित्सा शिक्षा लिन जाने नेपाली चेलीले सर्टिफिकेट लिनुअघि आफ्नो अस्मीता सुम्पिनु पर्ने अवस्था रहेको अभिव्यक्तिदिएका थिए जुन कुरालाई लिएर अहिले सामाजिक सञ्जालमा चर्को टीकाटिप्पणी भइरहेको छ र उनको राजीनामा मागिएको छ ।
यद्यपी यसअघि नै मन्त्री तामाङले सम्बोधन गर्ने क्रममा आफ्नो भनाइले बंगलादेशमा अध्ययनरत र अध्ययन गरीरहेका छात्राहरुलाई चोट पर्न गएको भन्दै माफी मागेका हुन् ।
यस विषयमा मन्त्री तामाङले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गरी आफ्नो आधीकारीक धारणा दिने बताएका छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







