टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, बनेपामा तनाव
- साउन ७, २०७५
- 0
टिप्परको ठक्करबाट बनेपामा मोटरसाइकल चालकको मृत्यु भएको छ । दुर्घटनापछि स्थानीयले टिप्परमा आगजनी गरी जग्गाजाम गरेका छन् ।
प्रहरीका अनुसार काठमाडौंबाट धुलिखेलतर्फ जाँदै गरेको बा २ क ३९३४ नम्बरको ट्रिपरले सोही दिशातर्फ जाँदै बा ८३ प ५०७७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । मोटरसाइलक चालकको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेमा नमोबुद्घ नगरपालिका-४, खनालथोकका ४८ वर्षीय जीतबहादुर तामाङ छन् ।
टिप्परले ब्याक गरेर मारेको स्थानीयको आरोप छ। दुर्घटनापछि करिब एक घन्टा राजमार्ग अवरुद्ध बनेको छ । आक्रोशित सर्वसाधारणको जमातले ट्रिपरमाथि आगजनी समेत गरेका छन् । ठक्कर दिने ट्रिपर चालकलार्इ इलाका प्रहरी कार्यालय, बनेपाले नियन्त्रणमा लिएको जनाइएको छ ।
उपत्यकामा टिप्परका कारण दुर्घटना बढेपछि बेलुका ८ बजे अगाडि चलाउन रोकिएको छ । काभ्रेमा पनि धेरै दुर्घटना टिप्परकै कारण हुने गरेका छन्।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]







