प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चको अधिवेशन साउन २९ मा, १९ गतेभित्र प्रतिनिधिको नामावली बुझाउन आग्रह

news-details

काठमाडौं। प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च, नेपालले आगामी २०८३ साल साउन २१ गते हुने साधारणसभा तथा अधिवेशनमा सहभागी हुन इच्छुक सम्पूर्ण सदस्य संस्थालाई साउन १९ गतेभित्र आफ्नो प्रतिनिधिको नामावली तथा आवश्यक कागजात अनिवार्य रूपमा बुझाउन आग्रह गरेको छ।

मञ्चले सार्वजनिक गरेको सूचनाअनुसार प्रतिनिधि छनोटसम्बन्धी निवेदन, इजाजतपत्र तथा शेयर लगतको प्रतिलिपि, प्रतिनिधिको नागरिकताको प्रतिलिपि, दुई प्रति पासपोर्ट साइज फोटो तथा तोकिएको लेवी बुझाएको प्रमाणसहित आवश्यक कागजात मञ्चको कार्यालय वा तोकिएका सम्पर्क व्यक्तिमार्फत बुझाउनुपर्ने उल्लेख गरिएको छ।

मञ्चले तोकिएको समयसीमाभित्र प्राप्त भएका आवेदन तथा कागजातलाई मात्र मान्यता दिइने स्पष्ट पार्दै साउन १९ गतेपछि प्राप्त हुने प्रतिनिधिसम्बन्धी आवेदन तथा कागजात स्वीकार नगरिने जनाएको छ।

प्रतिनिधिसम्बन्धी आवश्यक जानकारीका लागि मञ्चले विभिन्न सम्पर्क व्यक्तिहरूको नाम र फोन नम्बरसमेत सार्वजनिक गरेको छ।

मञ्चका अध्यक्ष जनक रावलले समयमै आवश्यक प्रक्रिया पूरा गरी अधिवेशनलाई सफल बनाउन सम्पूर्ण सदस्य संस्थाहरूलाई सहयोग गर्न आग्रह गरेका छन्।

अहिलेसम्म झण्डै २ सयको हाराहारीका सदस्य संस्थाहरुले नविकरणका लागि आवेदन दिइसकेको बताउदै अध्यक्ष रावलले बाकी संस्थाहरुलाई पनि समयमै संस्था नविकरणका लागि आग्रह गरेका छन ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया