आम नागरिकलाई सुशासनको अनुभूति हुनेगरी काम गर्नेछु : नवनियुक्त श्रममन्त्री भण्डारी
- मंसिर २६, २०८२
- 0
नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले आम नागरिकलाई सुशासनको प्रत्याभूति हुनेगरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आज अपराह्न सिंहदरबारमा पुगेर पदभार ग्रहण गर्दै उनले सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन् ।
नवनियुक्त मन्त्री भण्डारीले श्रम क्षेत्रमा देखिएको संगठित अपराधको जालो तोड्न आफूले कठोर कदम चाल्ने घोषणा समेत गरे । स्पेसल टाक्सफोर्स नै बनाएर सो काम आफूले गर्न चाहेको उनको भनाइ थियो । नवनियुक्त मन्त्री भण्डारीले आफूले लामो भाषण नभई कामै गरेर देखाउने अठोट लिएको पनि बताए ।
मन्त्री भण्डारीले गृह मन्त्रालयको समन्वयमा आफूले श्रमसम्बन्धी अपराध अनुसन्धानको कामलाई पनि प्राथमिकताका साथ अघि बढाउने बताए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










