वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन नीति तथा कानुन संशोधन गरिने
- बैशाख १९, २०८२
- 0
सरकारले देशभित्रै उद्यमशीलता प्रवद्र्धन गरी युवा रोजगारी सृजना गर्ने भएको छ । शुक्रबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले देशभित्रै रोजगारीको वातावरण बनाइ युवाशक्ति पलायन हुनबाट बचाउने सरकारको नीति रहेको बताएका हुन् ।
उनले भने, ‘देशभित्रै उद्यमशीलता प्रवद्र्धन गरी युवा रोजगारी सृजना गर्ने तयारीमा सरकार छ । देशभित्रै रोजगारीको वातावरण बनाइ युवाशक्ति पलायन हुनबाट बचाउने सरकारको नीति छ । आगामी दशकलाई आन्तरिक रोजगारीका रुपमा मनाउने छौं । रोजगारी तथा ज्याला रोजगारीको माध्यमबाट आन्तरिक रोजगारीको सृजना गर्ने सरकारको नीति छ ।’
साथै उनले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा व्यवस्थित बनाउन नीति, कानुन र कार्यविधि संशोधन तथा तर्जुमा गरिने बताए ।
राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय श्रमबजारका मागअनुसार सीपयुक्त जनशक्ति तयार गर्न राष्ट्रिय व्यवसायी प्रशिक्षण प्रतिष्ठानको भूमिका विस्तार गरिने समेत बताए ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










