शिक्षक महासंघको दोश्रो चरणको आन्दोलन कांग्रेसको पार्टी कार्यालयबाट सुरु
- फाल्गुन २७, २०८१
- 0
नेपाल शिक्षक महासंघले आन्दोलनको दोश्रो चरण अन्तर्गत राजनीति दलका मुख्यालयमा धर्ना सुरु गरेको छ ।
मंगलबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा महासंघले शिक्षाको गुणस्तर वृद्धि र शिक्षक कर्मचारीका माग सम्बोधन हुने गरी नयाँ विद्यालय शिक्षा ऐन आवश्यक रहेको भन्दै धर्ना सुरु गरेका हुन् ।
सरकारले पहिलो चरणको आन्दोलनबाट आफ्ना माग नसुनेको भन्दै महासंघले दोस्रो चरणमा राजनीतिक दलका कार्यालयमा धर्ना दिने कार्यक्रम घोषणा गरेको थियो । आज देखि ५ चैतसम्म दलका कार्यालयहरूमा धर्ना दिने महासंघको तालिका रहेको छ ।
महासंघले भोली बुधबार २८ गते नेकपा एमाले, चैत १ मा नेकपा माओवादी केन्द्र, चैत २ मा नेकपा (एकीकृत समाजवादी), चैत ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी, चैत ४ मा जसपा, लोसपा र राष्ट्रिय जनमोर्चा र चैत ५ मा जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राप्रपा (राष्टिय प्रजातन्त्र पार्टी) मा धर्ना दिँदै छन् ।
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










