अहिलेसम्मका सबै शिक्षकहरु पेन्सनकै प्रावधानमा समावेश हुन्छन् : मन्त्री भट्टराई
- माघ ७, २०८१
- 0
शिक्षामन्त्री विद्या भट्टराईले अहिलेसम्मका सबै शिक्षकहरु पेन्सनकै प्रावधानमा समावेश हुने बताएकी छिन् ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा निवृत्तिभरण कोषमा शिक्षक समावेशबारे विषयमा छलफल भएको जानकारी दिँदै उनले शिक्षकहरुको कन्फ्युजन स्पष्ट पार्दै ऐन बन्नु भन्दा पहिलाका शिक्षकहरु पेन्सन प्रावधानमा समावेश हुने जानकारी दिईन् ।
उनले भनिन्, ‘निवृत्तिभरण ऐनबारे अध्यादेशमा आएको छ, त्यसमा शिक्षक सेवा पनि समावेश हुने कुरा भएको निवृत्तिभरण कोषमा भन्ने आयो । यसमा शिक्षकहरुलाई केही कन्फ्युजन थियो कहिलेबाट भनेर । आज मन्त्रिपरिषद्को बैठकमा मैले यो विषय प्रवेश गराए । बैठकमा के कुरा भयो भने जहिलेबाट ऐन बन्यो, त्यहीबाट नै हो लागू हुने, त्यो भनेको ०८१ सालबाट मात्रै लागू हुन्छ । त्यसभन्दा अगाडिको सबै शिक्षकहरु पेन्सन प्रावधानमा समावेश हुनुहुन्छ भनेर स्पष्ट पार्नुभएको छ ।’
0 प्रतिक्रिया
संखुवासभा समाज हङकङद्वारा प्रधानमन्त्री राहत कोषमा ८ लाख सहयोग

संखुवासभा समाज हङकङले प्रधानमन्त्री राहत कोषमा आठ लाख रुपैयाँ सहयोग गरेको छ।. बाढीपहिरो पीडितको उद्धार तथा पुनःस्थापनाका लागि यो आर्थिक सहयोग गरिएको हो।
मुग्लिन-नारायणगढ सडक अनिश्चितकालका लागि बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय चितवनले लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडक बन्द गरिएको जनाएको छ । प्रशासनले आज […]
पहिरोका कारण बीपी राजमार्ग बन्द

रामेछाप । रातभर परेको अविरल वर्षाका कारण पहिरो खसेपछि बीपी राजमार्ग बन्द भएको छ । वर्षाका कारण सडकमा लेदो तथा […]










